मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार

एल.आर.आई. विद्यालयले आफ्नो पूर्व विद्यार्थी (सृष्टि अधिकारी) देवी चन्द्रकला सखीलाई एल.आर.आई. रत्न सम्मान प्रदान गरेको छ ।

कलंकी काठमाडौं स्थित विद्यालयमा विद्यार्थीहरूका लागि संस्कारसहितको शिक्षा विषयक आध्यात्मिक प्रवचन कार्यक्रमा चन्द्रकला सखीलाई विद्यालयका संस्थापक गुठीयार शिव राज पन्त, यशोधरा पन्त तथा प्राचार्य डा. देवकान्त जोशीले संयुक्त रुपमा सो उपाधि प्रदान गरेका हुन। यो एल.आर.आई. रत्न विद्यालयद्वारा मेधावी विद्यार्थीहरूलाई प्रदान गरिने सर्वोच्च सम्मान हो ।

उक्त कार्यक्रममा बोल्दै सखीले जीवनमा सफलता हासिल गर्न आध्यात्मिक ज्ञान तथा युग सुहाउदो आधुनिक शिक्षा प्रणालिलाई सन्तुलितढङ्गले अघि बढ्न जरुरी रहेको बताइन्। गुरु कृपा भनेको सबै भन्दा ठुलो आशिर्वाद भएकोले जीवनमा सधै गुरुको सम्मान गर्नु पर्नेमा जोड दिदै आज आफुले जे जति प्राप्त गरेको छन् यो सबै गुरु कृपा भएको बताइन् । एल.आर.आई.विद्यालयका गुरुवर्गवाट आफुले संस्कार सहितको शिक्षा प्राप्त गरेकोले आफुले प्राप्त गरेको उपलब्धिमा विद्यालयको शिक्षाको निकै ठुलो प्रभाव रहेको बताइन् ।

सो कार्यक्रमा बोल्दै प्राचार्य डा. देवकान्त जोशीले देवी सखीको लगनशीलता, मेहनत, आत्म अनुशासन तथा धैर्यताको कारण सानै उमेरमा यो उचाई हासिल गर्न सफल भएको चर्चा गरिन्। प्राचार्य जोशीले आगामी दिनमा विद्यालयले संस्कारसहितको शिक्षालाई थप प्रभावकारीढंगले अगाडी बढाउने बताए ।

विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले निकट भविष्यमा ५ दिने आध्यात्मिक शिविर आयोजना गरिने जानकारी दिए ।

चन्द्रकला सखीले एल.आर.आई.विद्यालयमा नर्सरी देखी अध्ययन गरी २०७० सालमा एस.एल.सी. परिक्षामा प्रथम श्रेणिमा उतीर्ण गरेकी थिइन् । हाल उनले उच्च शिक्षा अध्ययन बेलायतवाट गरिरहेकी छन् ।

नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा अन्तरराष्ट्रियरुपमा प्रख्यात छन् । उनले पश्चिमा देशमा समेत वैदिक सनातन अनुष्ठानहरू संचालन गरी प्रचार प्रसार गर्दै आएकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *