प्रेमचन्द्र झा, रौतहट । २०८१ भाद्र ०२, आइतवार

ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शिलान्यास गरिएकाे छ ।

ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग २ करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेकाे साे तीन तत्ले भवनकाे गाैर नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रमबिच शिलान्यास गरेका हुन । सो कृषि प्रयाेगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, विउको परिक्षण, बाली तथा फलफुलमा लाग्ने राेग किराको परिक्षण, मलखाद परिक्षण हुनेछ ।

पशु प्रयोगशालाबाट गाेबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउन्ड, एक्स-रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए । साे भवन निर्माणका ठेक्का समझाैता सिएम कन्ट्रकसन जाेरपाटी काठमाडौंले पाएको छ ।

भवनका लागि दुई करोड ३० लाख ४०हजार रुपैयाँको समझाैता गरिएको हो । प्रयोगशाला भवनमा कोठा संख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । उक्त भवनको भुई तत्लामा कृषि र पशुकाे अत्याधुनिक ल्याव, पहिलाे तत्लामा ५० जना अटने सभाकक्ष र दाेस्रो तत्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *