रोशन कुमार मिश्र, महोत्तरी । २०८१ साउन २८, मंगलवार

महोत्तरीको एकडारा गाउँपालिका वार्ड नं ३ भटौलिया स्वास्थ्य चौकीमा गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण आहार वितरण कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर ३ का वडा अध्यक्ष रामविलास रायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनकै हातबाट सुत्केरी आमाहरूलाई पोषण आहार वितरण गरिएको थियो । कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डलले पनि गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण आहार वितरण गरेका थिए । आजको पोषण आहार वितरण कार्यक्रममा २० जना सुत्केरी महिलाहरुलाई सामग्री वितरण गरिएको प्रमुख मण्डलले बताए ।
