मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १९, शनिवार

मधेश प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिबद्धता जनाएका छन्।

नेपाल उद्योगवाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री सिँहले प्रदेश सरकारले बारापर्सा कोरिडोरको घोषणा गर्ने वा त्यसका लागि सङ्घ सरकारलाई आग्रह गर्ने जानकारी दिए । उनले भने, ‘कानुनसम्मत हुन्छ भने बारापर्सा करिडोरको घोषणा मधेश प्रदेश सरकारले नै गर्छ । त्यस्तो हुन नसके सङ्घ सरकारलाई आग्रह गरेर भए पनि करिडोर घोषणा हुनेछ ।’

उनले उद्योगलाई कच्चा पदार्थको नियमित र सहज आपूर्तिका विषयमा प्रदेश सरकारको ध्यानाकृष्ट भएको भन्दै कच्चा पदार्थ प्राप्त गरिरहेका सिमेन्ट उद्योगले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेकामा चिन्ता व्यक्त गरे । ‘सिमेन्ट उद्योगले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेका विषयमा अध्य्यन टोली गठन गर्नेछौँ,’ मुख्यमन्त्री सिँहले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *