मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १०, बिहीवार

मनरा शिसवा नगरपालिकामा कृषि खेतीको लागि बाँधको पानीको पहलका लागि आएको एक प्रतिनिधिमण्डलद्वारा गृहमन्त्रीसंग भेटघाट भएको छ । सो सम्बन्धमा गृहमन्त्रीले तत्काल प्रक्रिया पुर्याएर बाँध निर्माण गरि नगरपालिका भित्र रहेको ५ हजार बिग्हा खेतीयोग्य जग्गामा पानीको व्यवस्थापन गर्न महोत्तरीको प्रजिअलाई निर्देशन समेत दिए ।

गृहमन्त्रीलाई भेटन आएको महोत्तरीको प्रतिनिधिमण्डलमा सांसदद्व्य नागिना यादव र महेन्द्र कुमार राय, मधेश प्रदेश सांसद नरेन्द्र यादव, मनरा शिसवाका मेयर मोहन पाण्डेय, नेका महाधिवेशन प्रतिनिधिद्वय रामदयाल यादव र दिप्तान्शु प्रताप सिंह, नेपाल तरुण दलका केन्द्रिय सदस्य ई. रन्जित कुमार सिंह, मनरा शिसवा नेकाका नगर सभापति सन्जिव यादव, अमोद कुमार सिंह, राजु सिंह सहितको सहभागिता रहेको थियो ।

पुस्तौंदेखि यो ठाँउमा बाँध बाधेर मनरा शिसवातर्फ बग्ने नहरमा पानी ल्याउने कार्य हुदै गरेकोमा विगत दुई तीन वर्षदेखि खडेरी परेर यो कार्य रोकिएको थियो । यो वर्ष पानी परेको र नदिमा पानी पर्याप्त भएकोले अस्थायी बाँध बाधेर कृषकलाई सहयोग पुर्याउने कार्यमा मेयर, स्थानीय जनप्रतिनिधी लगायत सर्वसाधारणको पहलमा विगत एक हप्तादेखि कटान र बाँधकाे कार्य भएरहेकोमा केही स्थानीयको अवरोधले रोकिएको छ । सम्सी गाउँपालिका वडा नं. ३ बैरगियामा अवस्थित जङ्गहा नदिमा दीर्घकालीन पक्की बाँधको निर्माण हुनु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *