मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ०६, आइतवार

२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भएको थियोे।

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मुल नाराका साथ नेपालको वित्तीय क्षेत्रमा एन आई सी एशिया बैंकले पकड जमाएको छ। साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट बैंकले आफ्नो २७ औं वार्षिकाेत्सवकाे अवसरमा सार्वजनिक गरेको छ ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा हामी आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएकाे छ । जसको फलस्वरुप देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन हामी सफल भएक छ । यसका साथै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्याउन सफल भएकाे हाे।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेका छ र गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै रू.२ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन समेत सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *