मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ३१, बिहीवार

राजपुत समाज नेपाल र उत्तर प्रदेश भारतका राजपुत प्रतिनिधि मंडलबिच काठमाडौंमा “संवाद तथा सहकार्य” कार्यक्रम बिहीवार सम्पन्न भएको छ।

काठमाडौंकाे पुतलीसडक स्थित होटेल शिव तिरुपतिमा “संवाद तथा सहकार्य” कार्यक्रम समाजका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिको रुपमा नेपाल भ्रमणमा भारतबाट आउनु भएका राजपुत समुदायको ८ जनाको टाेलीकाे उपस्थिति रहेको थियो । अरुण कुमार सिंह, अनुराग सिंह चौहान तथा मनोज कुमार सिंहको प्रतिनिधित्वमा एवम् राजपुत समाज नेपालको तर्फबाट समाजका महासचिव संजीव सिंह चौहानले कार्यक्रमको उदघोषण तथा समायोजन गरेका थिए । यो दुईपक्षीय सम्वाद, सहयोग र सम्मानका सुत्रधारको रुपमा समाजका आजिवन सदस्य अमित सिंहले सुत्रधारको भुमिका निर्वाह गरेका हुन्।

देश विदेशमा रहेको समुदायका विभिन्न व्यक्तित्वहरु संगको भेटघाटलाई निरन्तरता दिदै आएको समाजले सम्पुर्ण ८ सदस्यीय प्रतिनिधि मंडललाई खादा लगाएर सम्मान गर्नुका साथै राजपुत समाज नेपालको टेबल क्यालेन्डर पनि उपहारस्वरूप भेट गरेको थियो । दहेजमुक्त वैवाहिक सम्बन्ध, प्राथमिकता अनुसार समाजका आवस्यक व्यक्तित्वलाई आर्थिक सहयोग तथा समन्वयन गरि सामाजिक एक्यवद्धता गर्ने, दुई पक्षीय भ्रमण र काठमाडौंमा समाजको भवन निर्माणार्थ सहयोग राशि जुटाउने जस्ता विषयमा पनि सहमति भएको छ ।

आपसी सम्बन्धलाई सुमधुर र प्रगाढ गर्न तथा चिनजानलाई प्रत्यक्ष सम्वाद मार्फत सहकार्य गर्दै समाजको एकता र समृद्धिमा जोड दिनेमा दुई पक्षबिच सहमति भएको थियोे । सौहार्दय र सकारात्मक सम्वाद पश्चात् अतिथिको सम्मानमा समाजले रात्री भोजको पनि व्यवस्थापन गरेको थियो । कार्यक्रममा अर्जुन सिंह कलहंस, मनोज कुमार सिंह, प्रदीप कुमार सिंह बिसेन, कृष्ण कुमार सिंह, अधिवक्ता विनोद कुमार सिंह, अधिवक्ता अनुराग सिंह चौहान, अधिवक्ता अरुण कुमार सिंह, संजय सिंह सहित ८ सदस्यीय भारतीय राजपुत प्रतिनिधि मंडलको सहभागिता रहेको थियो ।

यसैगरी राजपुत समाज नेपालको तर्फबाट समाजका सल्लाहकार अभिमन्यु लाल सिंह, अध्यक्ष बिजय कुमार सिंह, उपाध्यक्ष उमेश सिंह, महासचिव संजीव सिंह, सचीव ध्रुबकुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह, केन्द्रिय कार्य समिति सदस्य शिवचन्द्र सिंह, सदस्यहरु जयकुमार सिंह, रन्जित कुमार सिंह, धनञ्जय सिंह, राम सिंह, नरेन्द्र सिंह र अमित सिंहको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *