रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ २६, शनिवार

बाग्लुङको एक होटलमा १५ पर्ने पानी ५० रूपैयाँमा बेच्दै गरेको हाेटललाई प्रशासनले कारवाही गरेको छ । कहि नभएको जात्रा हाडी गाउँमा भनेझैं जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङको एउटा पानी कम्पनी लाई रातारात दुई लाख रूपैयाँ जरिवाना गराएको छ ।

बागलुङ कालीका मिनलर वाटर एण्ड वेभरेज प्रालिले आफ्नो कम्पनीले उत्पादन गरेको पिउने पानी एक वाेटलकाे बजारमा चलेको रेट भन्दा बढी मुल्य राखेर बेचेको भन्ने आराेपमा तत्काल जरिवाना गरेकाे छ ।

बागलुङको हाेटल दि राजनमा कालीका पानी उद्योगले हाेटलकाे लाेगाे सहित पानीको बाेटल बनाइ दिनुका साथै मुल्य ५० रूपैयाँ राखि दिएको नियमविपरीत भएको भन्दै दुई लाख जरिवाना असुल गरिसकेको छ ।

हाेटल दि राजनमा भ्रष्टाचार बिरूद्व नागरिक अभियानले भ्रष्टाचार बिरूद्व सराेकारवालालाई राखेर गरेकोअन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाएको पानीको मुल्य ५० रूपैयाँ देखेपछि त्यहीँ हल्लाखल्ला भएको थियो । व्यवसायी राजन बागलुङ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *