रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २६, शनिवार

मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा उद्घाटन भएको छ ।

मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको अध्यक्षता नगर खेलकुद विकास समितिका अध्यक्ष अमोद कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मनरा शिसवाका मेयर मोहन पाण्डेय रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर शकुन्तला देवी, प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुर, नेपाली काङ्ग्रेसका नेता दिप्तांशु प्रताप सिंह रहेका थिए ।

खेलकुदको समग्र विकास गर्न तत्पर रहेको, छुट्टै खेल मैदान
बनाउने सहितको कार्य योजना रहेको मेयर पाण्डेले कार्यक्रम मार्फत सम्बोधन गरेका थिए । यसैगरी अध्यक्ष सिंहले खेलाडी र खेलको हकहितका लागि जस्तोसुकै प्रयास र प्रतिकार गर्न आफू तयार रहेको बताए । कार्यक्रमको संचालन शिक्षाकर्मी एवम् संचारकर्मी संजीव सिंहले गरेका थिए ।

मेयर कप टि-२० क्रिकेट प्रतियोगिता १५ दिनसम्म चल्नेछ । प्रतियोगितामा कुल १० वडाबाट १० टिमकाे सहभागिता रहेको छ। विजेता टिमकाे लागि रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताका लागि रु ११ हजार नगद, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरेको आयोजक समितिले जनाएको छ । आज उद्घाटन खेल वडा नं. २ (इटहर्वाकट्टी) र वडा नं. ९ बथनाहा बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *