रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २०, आइतवार

महोत्तरीको एकडारा गाउँपालिकाको कार्यालय एकडाराको सभाकक्षमा बहु सरोकारवाला सम्वाद मञ्चकाे बैठक सम्पन्न भएको छ ।
खाद्य तथा पोषण सुरक्षा सधार आयोजना क्लस्टर ईकाई जनकपुरको आयोजनामा सम्पन्न उक्त बैठकको अध्यक्षता पालिका अध्यक्ष दिपनारायण मण्डलले गरेका थिए । बैठकमा उपस्थित वडा नं. को बडाध्यक्ष सखिचन यादब, सव इन्जिनियर लाल बाबु ठाकुर, बरिष्ठ अधिकृत युगल किशोर तिवारी, कृषि अधिकृत रितेश कुमार झा लगायत २५ जनाको सहभागिता रहेको थियोे ।
