रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ११, शुक्रवार

मटिहानी संस्कृत विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई शिक्षा सम्बन्धी कसुर मुद्दामा प्रहरीले हिरासतमा राखेको छ । प्रधानाध्यापक पौडेल श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा लामो समयदेखि कार्यरत रहेका छन् ।

यो विद्यालय दक्षिण एशियाकै पुरानो तथा नेपालको सबभन्दा जेठाे विद्यालय हो । उनी माथि प्रवेश पत्रमा फर्जी फोटाे राखेर विद्यार्थीलाई परिक्षामा सामेल गराएको आरोप लागेको हो ।

muluktimes #Matihani #Mahottari #school #Sanskritschool #Headmaster #Arrest

Leave a Reply

Your email address will not be published. Required fields are marked *