संजीव सिंह । काठमाडौं, २०८१ जेष्ठ ०२, बुधवार

घर ब्यवहारमा अपरिहार्य वस्तुको रुपमा बाँसलाई चित्रण गरिन्छ । बाँस मात्र एक यस्तो वस्तु हो, जसबाट घरदेखी घरायसी सबै प्रकारको सामान बनाउन सकिन्छ । यो एक जीवन उपयोगी सामाग्री हो । जन्मदेखि मृत्युसम्मको कर्ममा यसको प्रयोग भएको देखिन्छ । धर्म र कर्म दुबैमा बाँस महत्वोपुर्ण मानिन्छ । रोजगारी, व्यवसाय, उद्यम र उद्योगमा बाँसले सहयोगी भुमिका खेलेको छ ।

बाँस घाँस कूलको एक फूल फुल्ने सदाबहार बहुवर्षीय एकदलीय वनस्पति हो। यस परिवारको अन्य महत्वपूर्ण सदस्य दूबो, गहूँ, मकै, जौ र धान हो। यो पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिहरू मध्ये सबैभन्दा तीव्र गतिले बढ्न सक्ने एक काष्ठीय विरुवा हो। यसका केही प्रजातिहरू एक दिन अर्थात २४ घण्टामा ९१० मिलिमिटर (३६ इन्च)सम्म बढ्ने गर्दछ। केही समयको लागि भएपनि केही प्रजातिका बाँसहरूको बढ्ने गति ४० मिलिमिटर (१.५ इन्च) प्रति घण्टासम्म पुग्ने गर्दछ। यसको काण्ड, लामो, प्रायः खोक्रो र हाँगायुक्त हुन्छ। बाँसको जरा विभिन्न स्थानमा फैलिएको र रेशादार हुन्छ। यसको पात सामन्य र शीर्ष भाग भाला जस्तै चुच्चो परेको हुन्छ। एउटा बाँसले आफ्नो जीवन कालमा एक पटक मात्रै फल दिने गर्दछ। यसको फूल सेतो हुन्छ।

पश्चिम एसिया तथा दक्षिण पश्चिम एसियामा बाँसलाई एउटा महत्वपूर्ण वनस्पति मानिन्छ। यसको आर्थिक र सांस्कृतिक महत्व रहेको छ। बाँसको प्रयोग गरेर घर, घरेलू समान त बनाइन्छ नै यो भोजनको समेत स्रोत हो। सय ग्राम बाँसको तामामा ६०.३६ ग्राम कार्बोहाइड्रेट र २६५.६ किलो क्यालोरी उर्जा हुने गर्दछ। ११५ भन्दा बढी कूल भएको बाँसको १,४६२ भन्दा बढी प्रजातिहरू रहेका छन्। नेपालमा ५३ प्रजातिको बाँस पाइन्छ।

पूर्वी एसियामा, ५०० उत्तरी अक्षांशदेखि लिएर उत्तरी अस्ट्रेलिया तथा पश्चिममा, भारत, नेपाल तथा हिमालयको पहाडदेखि उष्ण कटिबन्धीय क्षेत्र, अफ्रिकाको उपसहारा क्षेत्र तथा अमेरिकामा दक्षिण-पूर्व अमेरिकादेखि लिएर अर्जेन्टिना र चिलीमा (४७० दक्षिण अक्षांश) सम्म बाँसको वन पाइने गरिन्छ। बाँसमाथि वर्षा र घामको असर त्यति धेरै नपर्ने भएकोले किसानहरूको लागि यसको खेती उपयोगी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *