संजीव सिंह, महोत्तरी । २०८१ बैशाख २०, बिहीवार

इनार चमत्कारी रूपमा उत्पन्न गरिएको पानीको स्रोत हो । इनार वा कुवा भनेको जमिन भित्र रहेको पानी प्राप्त गर्न जमिनमा खनेको संरचना हो।

यो खन्ने, ड्रिलिंग (वा बोरिङ) द्वारा बनाइन्छ। ठूला कुवाहरूबाट हातले बाल्टिन वा अन्य कुनै भाँडाबाट पानी निकालिन्छ। यसैगरी इनारमा पानी पम्पहरू पनि जडान गर्न सकिन्छ जुन हात वा बिजुलीद्वारा सञ्चालन गर्न सकिन्छ।

इनार लामो समय सम्मको टिकाउ र प्रयोगका लागि गोलो बनाउने गरिन्छ। इनार गोलो बनाउँदा पानीको चाप गोलाकार भएका कारण सबै सतहमा समान रुपले पर्न जान्छ जसका कारण एउटै भागमा मात्र चाप पर्न नगइ बराबर हुन गएका कारण गोलो इनार बलियो हुनजान्छ।

इनार गोलो बनाउनुको पछाडिको अर्को कारण भनेको यसलाई बनाउन सजिलो हुनु पनि हो । चारकुने बनाउँदा खन्न र मिलाउन ज्यादै गाह्रो र कठिन हुन्छ ।

नेपालमा पुग्दो खानेपानी आपूर्ति समस्या मुलुकभरि नै व्याप्त छ । घर, टोल वा सार्वजनिक जमघटको स्थान नजिकै इनार खन्ने र पिउन तथा अन्य प्रयोजनका लागि चाहिने आवश्यक पानी आपूर्ति गर्ने नेपालको परम्परागत चलन हो । तसर्थ अहिले पानीको सतह घटदै जानू, चापाकलमा पानी नआउने आदिको उत्तम विकल्प इनार हो।

खानेपानी अभावलाई सरकारले सुल्झाउन नसकेको र थप विकराल बन्दै गएको अवस्थामा घर बनाउँदै छौं भने इनार खन्ने चलन अझै पनि उपयोगी हुन सक्छ । घर टाेलमा भएको इनारको जीर्णोद्धार गरि पानीको समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ । यसमा लाग्ने खर्च र व्यवस्थापन पनि सहज र सस्तो पर्दछ ।

पालिका, सहयोगी हात लगायत सरोकारवालाले छिटोभन्दा छिटो इनार व्यवस्थापन गर्न सके पहाड सहित मुख्य रुपमा तराईमा रहेको पानीको समस्या केही भएपनी समाधान तर्फ अग्रसर हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *