डा. मनोज कुमार झा । काठमाडौं

आँखाबाट बग्ने पानीका थोपाहरु,
कहिले काहिँ त धाराको पानी झैं,
आँखामा कसिङ्गर परोस या अनिन्द्रा,
आँखाबाट बग्ने त्यो नुनिलो पानी “आँसु” हो ।।

शारीरिक पीडा होस् या मानसिक,
अस्वस्थताका ति क्षनहरुमा,
मुटु पोलेको ति पलहरुमा,
गाला भिजाउने ति पानी नै “आँसु” हो ।।

दुखको घडीमा पीडा रुपी,
सुखको घडीमा शान्ति रुपि,
भावनालाई प्रतिबिम्बित गर्ने,
आँखाबाट बग्ने ति पानी नै “आँसु” हो ।।

प्रेम, राग, अनुराग व्यक्त गर्ने,
घृणा, तनाब, आक्रोश ब्यक्त गर्ने,
सुर, संगीत, ताल, भाव व्यक्त गर्ने,
अन्तर मनको प्रतिक्रिया नै “आँसु” हो ।।

संवेदना र सहनशीलताको प्रतीक,
कर्तव्य र जिम्मेवारीको प्रतीक,
भाव र भावना आदानप्रदानको प्रतीक,
आँखाबाट बग्ने अविरल धारा नै “आँसु” हो ।।

खिन्नता बोध र पश्चताप को संकेत,
क्षमा याचना र प्रायश्चित को संकेत,
अपराध, दोष र दण्ड को संकेत,
आँखाका ती पानी नै “आँसु” हो ।।

ब्यवस्थापकीय त्रुटि कै कारण,
अपेक्षित परिणाम नआउँदाको बखत,
बिपरित परिस्थिति र उपेक्षाको बखत,
आँखा रसाएर बग्ने पानी नै “आँसु” हो ।।

परिस्थितिको प्रस्फुटन,
मन-मस्तिष्कको आवेग,
तडप र भुखको संकेत,
आँखाका ती पानी नै “आँसु” हो ।।

अभिव्यक्ति र अभिप्राय,
दबाब र सद्भाव,
प्रश्न र जवाफ,
अवस्था र ब्यवस्था,
आँखाका ती पानी नै “आँसु” हो ।।

(डा. झा राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानक राष्ट्रिय संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *