मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो ।

फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा १० लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । उनीहरुलाई एक कार्यक्रम विच फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले मृत्यु दावी रकम हस्तान्तरण गरिन् ।

मण्डलले २०७९ मंसिरमा फरवार्ड माईक्रोफाइनान्सको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैंया कर्जा लिएका थिए । उनले कर्जा बापतको चार लाख ४० हजार ७ सय ९७ रुपैंया भुक्तान गरेका थिए । फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको हो ।

फरवार्ड माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशीले वित्तीय संस्थाले गाँउगाँउमा गई बिपन्न समुदायमा वित्तीय सेवा दिईरहेको र ग्राहक सदस्य लक्षीत सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए । लघुवित्त संस्थाबाट समाजमा बित्तीय सेवा प्रवाह नहुने हो भने ग्रामीणस्तरबाट आर्थिक सुधारको कल्पना नै गर्न नसकिने बताए । ‘गाँउघरकै महिला दिदिबहिनीहरुको बचत रहेको र ती निक्षेपहरु फिर्ता नहुने हो भने अर्थतन्त्रमा ठुलो असर पुग्ने भएकाले कर्जा मिनाहाको माग आफैंमा गलत हो । कर्जा मिनाहा हुन्छ भन्ने भ्रममा नपरौं ।’ राजबंशीले बिपत र अपठ्यारोमा परेका असल ग्राहक सदस्यहरुलाई समस्या पर्दा संस्थाले उचित संरक्षण गर्ने भन्दै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *