संजीव सिंह, काठमाडौं । २०८० चैत्र १६, शुक्रवार

नेपाली तथा मैथिली साहित्यका मुर्धन्य स्रष्टा डा. राजेन्द्र विमलको ७८ औं शुभ जन्मोत्सव एवम् प्रतिष्ठानले आफ्नो १२ औं वार्षिकाेत्सव काठमाडौंमा मनाएको छ ।

श्रष्टा र सर्जक, बुद्धिजीवी र बुजुर्ग एवम् गुरु र शिष्यवीच समपन्न उक्त समारोहका प्रमुख आकर्षणको केन्द्रविन्दु स्वयम् स्रष्टा डा. राजेन्द्र विमल थिए । कार्यक्रमका अध्यक्षता प्रतिष्ठानका अध्यक्ष अबधेश पोखरेल ‘जनकपुरिया’ ले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रा. डा. जगदीशचन्द्र भण्डारी रहेका थिए ।

साहित्यकार डा. राजेन्द्र विमलले सवै अतिथि एवम् आगन्तुकको माझमा केक काटेर जन्मोत्सव मनाएका थिए । कार्यक्रममा डा. राजेन्द्र विमल प्रतिभा पुरस्कार-२०७९ बाट धनुषा परवाहाका रामरेखा पण्डित र डा. राजेन्द्र विमल प्रतिभा पुरस्कार-२०८० बाट जनकपुर कुर्थाका सञ्जीव कुमार महासेठ पुरस्कृत भएका थिए ।यसै सन्दर्भमा प्रतिष्ठानका अध्यक्ष अबधेश पोखरेल जनकपुरीयाद्वारा लिखित नाटक “मरजीवा” को मंचन समेत गरिएको थियो । यो नाटक जनकपुरबाट आएका १५ जना कलाकारले मंचन गरेका थिए । नाटय निर्देशन ओम प्रकाश कर्णले गरेका थिए।

डा. राजेन्द्र विमलको व्यक्तित्वमाथी लब्द्ध प्रतिष्ठित व्यक्तित्वहरुले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन चतुर्भुज लाल दास केवरतले गरेका थिए । कार्यक्रम ट्रिटन कलेजको सभाहलमा आयोजना गरिएको थियोे । केक खाजा लगायतको व्यवस्थापन जय भगवान स्वीट्स तिनकुनेले गरेको थियो ।

“न मधेशी न पहाडी न हिमाली लेखियोस,
म मरेपछि पहिचान मेरो नेपाली लेखियोस ।
पुर्खाको नाँउ लेख्नुपर्दा जनक र बुद्ध लेखाईदिनु,
उँचाई मेरो नाप्नेलाई सगरमाथा देखाईदिनु।”

भन्ने राष्ट्रिय भावले ओतप्रोत एवं सान्दर्भिक सन्देश दिन सफल श्रष्टा डा. विमल नेपाली साहित्यका मुर्धन्य ब्याक्तित्व रहेको बिशिष्ट अतिथि एवं साहित्यप्रेमि वक्ताहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *