मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन ०६, आइतबार

नेपाल सहकारी संस्था लिमिटेडद्वारा वार्षिक क्यालेन्डर अनुसार यो वर्षको शैक्षिक भ्रमण भक्तपुरको रानीकोटमा मनाएको छ ।

संस्थाद्वारा वार्षिक रुपमा मनाइने शैक्षिक भ्रमण अनुरुप यो वर्ष ऋण, लगानी, सदस्यता र सहकारीप्रतिको बिस्वास र अनुकुल वातावरण सम्बन्धि विषयक आन्तरिक प्रशिक्षण र छलफल गर्दै सहभागिहरुले सामुहिक भ्रमण र अवलोकन समेत गरेका थिए । नेपाल सहकारी २०५१ सालमा स्थापना भएर ०५२ सालदेखि संचालनमा आएको संस्था हो । प्रधानकार्यालय बागबजार रहेको सहकारीको शाखा केन्द्र न्युरोड पनि रहेको छ र यसले देशभर बैंकिङ्ग कारोवार गर्ने गरेको छ ।

कार्यक्रम भक्तपुरको रानीकोटस्थित हाइल्यान्ड रिसोर्टमा भएको थियो । कार्यकमसंगै स्थानीयसंग भेटघाट र बाघभैरव मन्दिर घुमघाम गरेको प्रबन्धक पुष्पा केसी रायमाझीले जानकारी गराइन् । भ्रमणसंगै पिकनिक र नाचगान समेत भएको उक्त भ्रमणमा संस्थाका सञ्चालक समिति, लेखा समिति र सम्पूर्ण कर्मचरीहरुकाे उपस्थिति रहेको संस्थाका अध्यक्ष राकेश कुमार सिंहले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *