मुलुक डेस्क, सर्लाही । २०८० माघ १४, आइतवार

राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्य क्षेत्र बिस्तार गर्ने क्रममा बलरा नगरपालिकाको छतौनामा विवेक सिंहको अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्यसमिति गठन गरेको छ ।

बलरा नगरपालिका वडा न. ९ र ११ छतौनामा माघ १३ गते शनिवार सम्पन्न स्थानीय स्तरमा गाउँ कार्यसमिति गठन कार्यक्रममा राजपूत समुदायका बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, अभिभावक, युवा, ब्यापारी लगायतको उपस्थिति रहेको थियोे । छतौनामा गाउँ कार्यसमिति गठनको कार्य सभ्य र भव्य रूपले सम्पन्न भएकोमा राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौं एवम् सर्लाही शाखाले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको थियो।

कार्यक्रममा कार्य समिति गठन गरिनुका साथै समाजका वरिष्ठ ब्यक्तित्वहरुद्वारा सामाजिक उत्थान, कल्याण, एकता तथा आगामी कार्ययोजना सम्बन्धि छलफल पनि गरिएको थियो। कार्यक्रमको अध्यक्षता छतौनाका वरिष्ठ समाजसेवी तथा अग्रज उमेश कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा राजपुत समाज नेपाल सर्लाही शाखाका वरिष्ठ सल्लाहकार तथा जेष्ठय नागरिक सुदामा निवासी सीताराम सिंह रहेका थिए । यसैगरी विशिष्ट अतिथिमा राजपुत समाज नेपाल सर्लाही शाखाका अध्यक्ष संतोष सिंह रहेका थिए ।

राजपुत समाज नेपालको बिधान अनुसार केन्द्रिय कार्यसमिति (केन्द्रस्तरमा), प्रदेश कार्यसमिति (प्रदेशस्तरमा), जिल्ला कार्यसमिति (जिल्लास्तरमा) तथा गाउँ र नगर कार्यसमिति (स्थानीय स्तरमा) गरि चार स्तरमा संगठनात्मक ढांचाको व्यवस्था रहेको छ । जसमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था समेत रहेको छ ।

राजपुत समाज नेपालको सर्लाही शाखा अन्तर्गत छतौना गाउँ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरु मध्ये अध्यक्षमा विवेक सिंह, उपाध्यक्षमा सन्तोष सिंह, सचिवमा अरविन्द कुमार सिंह र कोषाध्यक्षमा अमित सिंह रहेकोे छ। यसैगरी कार्यसमिति सदस्यमा मोहन सिंह, बिबेक सिंह, शंकर सिंह, रिपु धवन सिंह, सुशांत सिंह, रत्नेश्वर सिंह र ब्रजेश कुमार सिंह रहेको छ । समिति गठनको क्रममा ५ सदस्यीय सलाहकार समिति पनि छ्नौट गरिएको छ जसमा उमेश सिंह, मनमोहन सिंह, मुनिल सिंह, विनोद सिंह र सुधीर सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *