मुलुक डेस्क, काठमाडौं । २०८० माघ १२, शुक्रवार

नेपाल सहकारी संस्था लिमिटेड र श्रेष्ठ टेलरिङ्ग सेन्टरबीच सर्टिङ्ग सुटिङ्ग सम्बन्धि सम्झौता भएको छ ।

नेपाल सहकारी संस्थाका शेयरधनी सदस्यहरुलाई कोट, पाइन्ट, कमिज तथा अन्य कपडाका पोशाकहरु लगायत सर्टिङ्ग सुटिङ्ग सम्बन्धि सम्पुर्ण श्रेष्ठ टेलरिङ्ग सेन्टरबाट खरिद गर्दा शर्त बमोजिम सहमत भएको सहमति पत्रमा उल्लेख गरिएको छ । सहकारी संस्थाको तर्फबाट अध्यक्ष राकेश कुमार सिंह र श्रेष्ठ टेलरिङ्गको तर्फबाट प्रबन्ध निर्देशक बाबु काजी श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

रेडिमेड कपडा, पाइन्ट सर्ट, दौरा सुरुवालको खरिदमा १५०० सम्म नगद छुटका साथै शुट सेटमा २००० सम्म नगद छुट हुने सहमतिमा उल्लेख छ । सम्झौता २ वर्ष सम्म कायम रहने सम्झौतामा उल्लेख छ। दुबै पक्षबीच सम्झौता बागबजार स्थित नेपाल सहकारी संस्थाको प्रधान कार्यालयमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अवसरमा संस्थाका महाप्रबन्धक शोभा श्रेष्ठ, नायव महाप्रबन्धक मिठुलाल चौधरी र वरिष्ठ प्रबन्धक अनुपमा राणाकाे पनि उपस्तिथि रहेको थियो ।

विगत २९ वर्षदेखि संचालित सहकारी र ५० वर्षदेखि संचालित श्रेष्ठ टेलरिङ्गबीचको सहकार्यले व्यवसायको विश्वसनीयता र गुणस्तरीयतामा ठुलो महत्त्व राख्ने दुबै पक्षको अपेक्षा रहेको छ । बागबजारमा एउटा मेशिनबाट २०३१ सालमा सुरुवात भएको श्रेष्ठ टेलरिङ्ग आज देशभरको पहिलो र प्रमुख रोजाईको टेलरिङ्ग बनेको छ । उपत्यकाभर धुम्बाराही, चावहिल, मैतीदेवी, त्रिपुरेश्वर सहित ६ ठाँउबाट सेवा प्रदान गरिरहेको श्रेष्ठ टेलरिङ्गमा बच्चादेखि बृद्धसम्म्को सबैखाले सर्टिङ्ग सुटिङ्ग तथा कपडा उपलब्ध रहेको संचालक तथा प्रबन्ध निर्देशक बाबु काजी श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *