डा. मनोज मुक्ति, काठमाडौं । २०८० माघ ०१, सोमवार

उठौं जागौं सडक तताऊँ,
अराजक राज्य-सत्ताको विरुद्ध,
निरंकुश फासिस्ट ब्यवस्थाको विरुद्ध,
सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२

नागरिक माथिको हमलाका विरुद्ध,
मातृभूमि माथिको अपमानका विरुद्ध,
क्रूर तानाशाही शासन ब्यवस्थाका विरुद्ध,
सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२

भ्रष्ट नैतिकपतन अराजक शासकका विरुद्ध,
राष्ट्रिय पहिचान र अस्मिता समाप्त पार्नेको विरुद्ध,
आयातित एवं निर्देशित देश-बेचुवा सत्ताका विरुद्ध,
सम्पूर्ण देशभक्त राष्ट्रवादी नागरिक गोलबन्द होऔं !! -२

१२ बुंदे दिल्ली सम्झौताका विरुद्ध,
धर्म-निरपेक्ष गणतन्त्रका विरुद्ध,
राष्ट्रघाती एवं जनघाती सम्झौताका विरुद्ध,
सम्पूर्ण देशभक्त राष्ट्रवादी नेपाली एकजुट होऔं !! -२

अहिले नजागे कहिले जाग्ने ?,
अहिले नउठे कहिले उठने ?,
अहिले नबोले कहिले बोल्ने ?,
अहिले संघर्ष नगरे कहिले गर्ने ? -२

सम्पूर्ण बेथिति र विसंगतिको विरुद्ध,
आत्मसम्मान र स्वाभिमानका लागी,
राष्ट्रिय एकता र इतिहासको जगेर्नाका लागी,
नेपाल-नेपाली-नेपालीपना को संरक्षणका लागि !! -२

झुकेको शिर ठाडो पार्न,
भ्रष्ट देश-बेचुवाहरुलाई लखेट्न,
देशद्रोहीहरुलाई चार भञ्ज्याङ् कटाउन,
नेपाल बचाउन नेपालीत्व जोगाउन !! -२

राष्ट्रिय स्वाधीनता पुन:स्थापित गर्न,
गुलामीतन्त्र र दानवीय-सत्ता समाप्त गर्न,
स्व-शासन र धर्म-राज्य स्थापना गर्न,
सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२

कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *