रमेश लुइँटेल, काठमाडौं । २०८० पौष २८, शनिवार

शान्तिनगर तिनकुने पुलको दुर्दशा हेर्न लायक छ । बिगत ४/५ बर्षदेखि बन्न सुरु भए पनि काम पुरा हुन सकेकाे छैन् ।

यो ठाँउ दैनिक हजारौंको संख्यामा गाडी ओहोरदोहोर गरिरहने रिङ्गरोड सडकखण्ड मध्येको महत्त्वपूर्ण सडक जोडने ठाँउ हो । तिनकुने हुँदै नयाँ बानेश्वर जाने सडकमा वागमती पुलको जग मात्रै हालेर अलपत्र अवस्थामा रहेको यो पुलको दुर्दशाले महानगरको दयनीय अवस्थाको बर्णन गरेको छ । पछिल्लो समयमा अलपत्र छोडिएको पुलमा एक जना ब्याक्तिको मृत्यु समेत भएको छ ।

सुरुमा पपु कन्ट्रसनले पाएको कामको जिम्मा पछिल्लो समयमा काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाले लिएको छ । बिकासको नाममा विनाश, काममा ढिलासुस्ती, जनतालाई सास्ती सहितको समस्या कहिलेसम्म हो महानगरबासीले व्यहोर्ने?

muluktimes #tinkune #bagmati #bridge #metropolitan #city #capital #kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *