मुलुक डेस्क, सर्लाही । २०८० पौष २२, आइतवार

राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्य क्षेत्र बिस्तार गर्ने क्रममा सुदामा गाउँ कार्यसमिति गठन गरेको छ ।

बलरा नगरपालिका वडा न. १०, सुदामामा पौष २१ गते शनिवार सम्पन्न स्थानीय स्तरमा गाउँ कार्यसमिति गठन कार्यक्रममा राजपूत समुदायका बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, अभिभावक, युवा, ब्यापारी लगायतको उपस्थिति रहेको थियोे । सुदामा गाउँ कार्यसमिति गठनको कार्य सभ्य र भव्य रूपले सम्पन्न भएकोमा राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौं एवम् सर्लाही शाखाले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको थियो।

कार्यक्रममा कार्य समिति गठन गरिनुका साथै समाजका वरिष्ठ ब्यक्तित्वहरुद्वारा सामाजिक उत्थान, कल्याण, एकता तथा आगामी कार्ययोजना सम्बन्धि छलफल पनि गरिएको थियो। कार्यक्रमको अध्यक्षता राजपुत समाज सर्लाही शाखाका अध्यक्ष संतोष सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा स्थानीय जेष्ठ नागरिक राम अशिस सिंह रहेका थिए । राजपुत समाज नेपालको बिधान अनुसार केन्द्रिय कार्यसमिति (केन्द्रस्तरमा), प्रदेश कार्यसमिति (प्रदेशस्तरमा), जिल्ला कार्यसमिति (जिल्लास्तरमा) तथा गाउँ र नगर कार्यसमिति (स्थानीय स्तरमा) गरि चार स्तरमा संगठनात्मक ढांचाको व्यवस्था रहेको छ । जसमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था समेत रहेको छ ।

राजपुत समाज नेपालको सर्लाही शाखा अन्तर्गत सुदामा गाउँ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरु मध्ये अध्यक्षमा सुधीर कुमार सिंह, उपाध्यक्षमा रामेश्वर सिंह, सचिवमा रतनेश कुमार सिंह र कोषाध्यक्षमा अभिराम सिंह रहेकोे छ। यसैगरी सदस्यमा नरेन्द्र कुमार सिंह, राज कुमार सिंह, नितेश कुमार सिंह, सुजीत कुमार सिंह, सुनील कुमार सिंह, जितेन्द्र सिंह र पुनम सिंह रहेको छ । समिति गठनको क्रममा ६ सदस्यीय सलाहकार समिति पनि छ्नौट गरियो जसमा बिन्देश्वरी प्रसाद सिंह, क्रिशनंदन सिंह, मनोज कुमार सिंह, बिध्यांचल सिंह, जगदीश सिंह, हरेन्द्र सिंह हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *