मुलुक डेस्क, काठमाडौं । २०८० पौष १४, शनिवार

राजपुत समाज नेपालले काठमाडौंमा “संवाद तथा सहकार्य” कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।

काठमाडौंकाे अनामनगर स्थित सिलौटाे कटेजमा “संवाद तथा सहकार्य” कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष तथा महासचिव संजीव सिंहको अध्यक्षतामा सम्पन्न भएको थियोे।कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजका अगुवा एवम् राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहको उपस्तिथि रहेको थियोे भने विशिष्ट अतिथिको रुपमा सल्लाहकार राम किशोर सिंह र मानार्थ सदस्य एवम् मधेश ह्युमन राइट्स अमेरिकाका अध्यक्ष डा. चन्दन सिंहको उपस्थित रहेको थियोे।

समुदायका विभिन्न व्यक्तित्वहरु संगको भेटघाटलाई निरन्तरता दिदै आएको समाजले संगठन विस्तार, वार्षिक क्यालेन्डरका बाकी कार्यक्रम, दहेजमुक्त वैवाहिक सम्बन्ध र प्राथमिकता अनुसार आर्थिक सहयोग तथा समन्वयन गरि सामाजिक एक्यवद्धता गर्ने विषयहरुमा प्रतिबद्ध भएको कोषाध्यक्ष राकेश कुमार सिंहले अवगत गराए । यसैगरी कार्यक्रममा कार्यसमिति सदस्य ललन सिंहको स्वास्थ्य उपचारार्थ आर्थिक सहयोग गर्ने पनि कोषाध्यक्ष सिंहले बताए ।

आपसी सम्बन्धलाई सुमधुर र प्रगाढ गर्न तथा चिनजानलाई प्रत्यक्ष सम्वाद मार्फत सहकार्य गर्दै समाजको एकता र समृद्धिमा जोड दिनेमा सदस्यबिच सहमति भएको थियोे । कार्यक्रमको सुरुमा समाजका अध्यक्ष बिजय कुमार सिंहले भिडियाे कन्फ्रेन्स मार्फत शुभकामना सन्देश दिएका थिए । कार्यक्रममा सचिव ध्रुवकुमार सिंह, सदस्यहरु जयकुमार सिंह, राम सिंह, नरेन्द्र सिंह, अमित सिंह, सुधिर सिंह, मुकेश कुमार सिंह तथा महिला समितिका उपाध्यक्ष डा. पल्लवी सिंहको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *