संजीव सिंह, काठमाडौं । २०८० पौष ०७, शनिवार

न्यायको पर्खाइमा विगत १९१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए) ले सहयोग गरेको छ ।

न्यायको पर्खाइमा विगत १९१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए)का अध्यक्ष तथा अन्तर्राष्ट्रिय मधेशी समाजका (आइएमएस) संयोजक डा. चन्दन सिंहले सहयोग गरेका छन्।

हत्या गरिएको आरती साहको न्यायको लागि २४ घन्टे धर्नामा बस्दै आएको परिवारको अवस्था नाजुक रहेको छ । सरोकारवाला र सरकारले ध्यानाकर्षण नभएको गुनासो पीडित परिवाको रहेको छ । पुसको कठयाँग्रदो जाडाेमा पनि परिवारका सदस्यहरू बाटोमा बास बस्न बाध्य छन् । दैनिकी चलाउन कठिन रहेको अवस्थामा मधुर युएसएका अध्यक्ष तथा आइएमएसका संयोजक सिंहले धर्नारत परिवारलाई ग्यास चुल्हो, प्रेसर कुकर, भाडाँकुडाँ लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् । सिंह हाल केही दिनका लागि अमेरिकाबाट नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *