रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर २३, शनिवार

महोत्तरीको एकडारा गाउँपालिकमा लैङ्गिक हिंसा विरुद्ध वक्तृत्वकला कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता” महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो।

पालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा सम्पन्न सचेतनामुलक कार्यक्रममा ८ वटा बाल क्लब सहभागीता रहेको थियो । १५० भन्दा अधिक बालबालिका उपस्थिति रहेको उक्त वक्तृत्वकला प्रतियोगितामा अर्चना यादव प्रथम, शयाम मण्डल दोस्रो र नेहा पासवानले तेस्रो स्थान ओगटेका थिए ।

यो वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान मंसिर ०९ देखि २४ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । गाउँपालिका अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको पहलमा सचेतनामुलक कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *