रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १२, मंगलवार

महोत्तरीको मनरा शिसवा नगरपालिकाको मधवमा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक आज प्रदर्शन गरिएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ यो वर्ष लैङ्गिक हिंसा विरुद्ध विभिन्न कार्यक्रमको आयोजना गरिदै छ । यो वर्ष १६ दिने अभियान अन्तर्गत मंसिर ०९ देखि २४ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मनरा शिसवा नगरपालिका अन्तर्गतका वडाहरुमा सडक नाटक प्रदर्शन कार्यक्रम संचालनमा ल्याइएको हो । समग्र विकास केन्द्र महोत्तरीको आयोजना र मनरा शिसवा नगरपालिकाको सहयोगमा यो कार्यक्रम संचालित रहेको छ । नगरपालिका अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको पहलमा सडक नाटक प्रदर्शन कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको देखिन्छ । स्थानीय मैथिली भाषामा सडक नाटक र साङ्गितिक कार्यक्रम संचालन गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *