डा. मनोज मुक्ति “विवेक” । काठमाडौं

गर्भमै हुँदा आमाले मातृभूमिको नाम दान गरिन,
जातिबोधक शब्द “थर”को साटो “मुक्ति” लेखिन ।

जिम्मेवारी र बन्धनले मार्ग अवरुद्ध नहोस् भनी,
आज सह-यात्रीले सबै बन्धन बाट मुक्त गरिन् ।

हेक्का रहोस् ,
आफु-आफुमै जुधेर-जुधाएर आखिर हात लाग्ने शून्य नै हो,
चालबाजी र छद्मभेषी कु-कृत्य पनि भ्रष्टाचार नै हो, आमाको कसम लाग्ला !

यो या त्यो बहानामा मुद्दाको रोटी सेक्ने र समय ब्यतित गर्ने,
छद्मभेषी कु-कृत्य पनि भ्रष्टाचार नै हो,आमाको कसम लाग्ला !

किन्तु -परन्तु-दायाँबायाँ-छलछाम वर्जित छ,
मुक्ति पथमा निरन्तर अगाडि बढ्दै, निर्णायक घडी आएको छ ।

स्वाधीनता-स्वाभिमान-समानताका लागि सदैब अडिग रहने,
सनातनी हुँ, वैदिक सनातन राज्य-सत्ता स्थापना
नभएसम्म कहाँ विश्राम लिन्छु र ? धार्मिक हुँ, धर्म कै कुरा गर्छु !
अधर्मी-विधर्मी लाई कहाँ बक्सन्छु र ?

धर्म भनेकै सत्य हो, असत्यको पछि कहाँ लम्किन्छु र ?
सापेक्षतावादी हुँ, निरपेक्षता लाई कहाँ प्राश्रय दिन्छु र ?

हिजो-आज-भोलि एक मात्र लक्ष्य हो,
“सम्पूर्ण क्रान्तिको माध्यमले पूर्ण मुक्ति र जनतन्त्र स्थापना !”

“वैदिक सनातन हिन्दु अधिराज्य नेपाल आमाको जय।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *