मुलुक डेस्क,काठमाडौं । २०८० कार्तिक १५, बुधवार

वीरगंजको पानीटंकीमा रहेको वीरगंज पब्लिक कलेजमा अध्ययनरत एक विद्यार्थीले क्याम्पस भवनको छतबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

यसै कलेजका एक क्षात्रा विगतमा पनि ट्रेन अगाडि आफ्नो ज्यान गुमाएका थिए । विद्यार्थीको अपुष्ट जानकारी अनुसार कलेज परिसरमा वातावरण सहज नभएको गुनासो रहेको छ । कलेज फी पनि प्रमुख कारण हुन सक्ने केही विद्यार्थीको आरोप रहेको छ ।

१२ कक्षामा अध्ययनरत करिब १८ वर्षीयका राजीव महतोले बुधवार बिहान ७ बजेको समयमा क्याम्पसको तेस्रो वा पाँचौ तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेका हुन्। उनी बाराको विश्रामपुर गाउँपालिका-५ नकटुवा निवासी हुन्।

घाइते महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमा पनि गम्भीर चोट लागेको छ भने कानबाट अत्यधिक रक्तश्राव भएको अस्पतालले जानकारी गराएको छ।

क्याम्पस स्रोतका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवन पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्‍याएका थिए । प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा लगिएको थियोे। महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *