रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०३, शुक्रवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनले स्वर्गीय नेता सुरेन्द्र प्रसाद सिंहको तेस्रो पुण्यतिथि मनरामा मनाएको छ ।

स्वर्गीय नेता सिंहको यादमा खोलिएको यस फाउण्डेशनले शिक्षा, स्वास्थ्य र सामाजिक कार्यक्षेत्रमा अग्रसर भएर कर्य गर्दै आइरहेको छ । यो पटक सिंहको तेस्रो पुण्यतिथि कार्तिक २ गते बिहिवार मनरा शिसवा नगरपालिकाको सभाकक्षामा मनाइयो । संघीय सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नागिना यादवको प्रमुख आतिथ्यता र फाउण्डेशनका कार्यकारी ई. रन्जित सिंहको अध्यक्षतामा बृहत समारोह सम्पन्न भएको थियो ।

तेस्रो पुण्यतिथिकाे अवसरमा फाउण्डेशनले मनरामा अवस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यनरत कक्षा ५ का विद्यार्थीहरुलाई बैग वितरण गरेको थियो ।विशुद्ध रुपले सामाजिक कार्यप्रति अग्रसर यो फाउण्डेशनले निरन्तर रुपमा सिंहको पुण्यतिथि कार्तिक २ गतेको अवसरमा यस्तो किसिमको सहयोगात्मक सहकार्य गर्दै आएको फाउण्डेशनको कार्यकारी ई. सिंहको भनाइ रहेको थियोे । उनका अनुसार २ गते बिहान मनरा शिसवा वडा नं. २ स्थित कट्टी स्कुलमा बैग वितरण गरिएको थियो । यसैगरी ३ गते वडा नं. ३ र ७ को विद्यालयका विद्यार्थीलाई बैग वितरण गर्ने कार्यक्रम रहेकोे बताए ।

पुण्यथितिको अवसरमा नेपाली काङ्ग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादव, नेका जिल्ला उपाध्यक्ष किशोर सिंह प्रीतम, जिल्ला सचिव मनोज चौधरी, मेयर मोहन पाण्डेय, पुर्वमेयर संजयकुमार सिंह, पतंजली योगपिठ नेपालका ट्रष्टी शालिग्राम सिंह, मधेश प्रदेश एमालेका सदस्य ई. मनोज कुमार सिंह, महाधिवेशन प्रतिनिधि डा. गरिब दास, रामदयाल यादव, जिल्ला कार्यसमिति सदस्य जेपि चौधरी, नेता नरेन्द्र यादव, दिलिप चौधरी, अंजनी कुमार सिंह, केशरी सिंह, राघो शरण भगत, वडाध्यक्ष अशोक कुमार अधिकारी, रामनाथ सहनी, कार्यपालिका सदस्य रामनरेश रजक, संजय कर्ण, अंगद मंडल, शिक्षक कौशल किशोर ओझा, रमेशकुमार रजक, चित्रकार अजय देसार, समाजसेवी राकेश कुमार सिंह लगायत अभिभावक, विद्यार्थी र नगरवासीको उपस्थिति रहेको थियो ।

सुरेन्द्र प्रसाद सिंह नेपाली काँग्रेसका नेता थिए । उनको जन्म वडा नं. २ कट्टीमा भएको थियोे । उनले पटक पटक गरेर महोत्तरी काँग्रेसको कार्यवाहक सभापतिको भुमिका पनि निर्वाह गरेका थिए । निष्ठाकाे राजनीति गर्ने सिंह निर्दिष्ट बाटो अपनाई निरन्तर संघर्ष गरि रहे । प्रथम संविधानसभामा उम्मेदवारी दिएका सिंह राजनीतिक यात्राक्रममा ३ महिनाको जेल जीवन पनि यापन गरेका थिए । वि.स. २०१४ पाैष ०१ मा जन्मेका सिंहको देहावसान २०७७ कार्तिक ०२ गते भएको थियो ।

पुण्यथिति समारोहमा प्रमुख अतिथि नागिना यादवले स्वर्गीय नेता सिंहलाई सम्झदै उनको राष्ट्र भावना आज सबैको लागि अनुकरणीय रहेको बताइन् साथै भविष्यमा सिंहको श्रद्धाञ्जली सभा अझ बृहत् रुपमा मनाउने प्रतिबद्धता समेत जाहेर गरिन । यसका साथै जिल्ला सभापति नागेश्वर यादवले पनि सिंहप्रति नमन गर्दै भविष्यमा पार्टीको तर्फबाट पनि भव्य श्रद्धाञ्जली सभा आयोजना गर्ने बताए । समारोहमा परिवार सदस्यहरु संजय सिंह, उमेश प्रसाद सिंह, विमलेन्द्र कुमार सिंह, मुकेश कुमार सिंह, नितेश कुमार सिंह, सुमित सिंह सहितको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको संचालन शिक्षाकर्मी एवं सञ्चारकर्मी तथा फाउण्डेसनका सदस्य संजीव सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *