रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २८, आइतवार

आज जमरे औंशी अर्था बडादशैंको पहिलो दिन श्री माँ भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सवकाे सुरुवात गरेको छ ।

गत बर्ष झैं यो बर्ष पनि असोज २८ गते देखि कार्तिक ७ गते सम्म श्री माँ भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सव सुरु भएको छ । हिन्दुहरुको महान चाड बडादशैंको अवसर पारेर श्री माँ भवानी दुर्गा पुजा समितीद्वारा काठमाडौं पशुपतिनाथ मन्दिर प्राङगणको हंषा मण्डपमा नवरात्र अर्थात नव दुर्गा भवानीकाे पुजाको कलस यात्रा गरि महोत्सवको सुभाराम्भ गरेको छ ।

बिगत १५ वर्षदेखि प्रत्येक वर्षको नवरात्र सुरु भएको दिनदेखि नवरात्रको अन्तिम दिन बिजयादशमी (टिका) काे दिनमा समापन हुने गर्दछ । नव दुर्गा भवानीले सबैको प्रगती उन्नति र स्वस्थ जीवनको कामना गरून् भनी आफ्नो धर्म संस्कृतको जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रम गरिदै आएको छ सुख शान्ति समृद्धि को कामना गरिदै यो पुजा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *