रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज २८, आइतवार

श्री दुर्गा भगवती कूलदेवी मन्दिरको आज घटस्थापनाको दिन विधिवत् पुजाअर्चना गरि समुदघाटन गरिएको छ ।

श्री दुर्गा भगवती कूलदेवी मन्दिरको आज घटस्थापनाको दिन विधिवत् कलश शोभा यात्रा, पुजाअर्चना तथा सम्पुर्ण विधिविधान सहित माँतारानीको मुर्तिमा प्राणप्रतिष्ठित गराइएको थियो । उक्त अवसरमा सयौंको संख्यामा भक्तजन र श्रद्धालुजनको उपस्थिति रहेकोे थियो।

क्षत्रिय (राजपुताना) कूल धर्म रक्षार्थ कट्टी ( मनराशिसवा नगरपालिका-२) निवासी रघुवंशी राजपुत परिवारले यो मन्दिर निर्माण गराएको हो । परापूर्व कालदेखिको परम्परालाई निरन्तरता दिन र सामुहिक रुपमा भव्यताका साथ पुजा होस भन्ने अभिप्रायले यो मन्दिरको निर्माण भएको मन्दिरको परिकल्पनाकार एवम् संयोजक राकेश कुमार सिंहले बताए ।

२०७७ मङ्सिर ०२ गते वरिष्ठ जेष्ठ नागरिक जगतानन्द सिंहले मन्दिरको शिलान्यास गरेका थिए। निर्माण कार्य सफलतापुर्वक सम्पन्न भएर आज विधिवत रुपमा मन्दिरको समुदघाटन भएको जानकारी मन्दिर समितिका अध्यक्ष रघुवंश प्रसाद सिंहले बताए । समुदघाटनको अवसरमा मनरा, कट्टी, भोलही, साँँढा सहित महोत्तरी जिल्लावासीको विशेष उपस्थिति रहेको थियो ।

पशुपतिनाथको नगरी काठमाडौंबाट गजुर र घण्टी तथा माँतारानीको मार्बलको मुर्ति काशी विश्वनाथको नगरी बनारसबाट ल्याएर मन्दिरमा स्थापित गराइएको जानकारी रघुवंशी परिवारका सदस्य सन्तोषमान सिंहले जानकारी गराए ।

कार्यक्रममा मनरा शिसवाका पुर्वमेयर संजय सिंह, पतन्जली योगपिठ नेपालका ट्रष्टी शालिग्राम सिंह, राजपुत समाज नेपालका केन्द्रिय महासचिव संजीव सिंह, सर्लाही शाखाका अध्यक्ष सन्तोष सिंह, उपाध्यक्ष प्रभात सिंह, कोषाध्यक्ष वीरेन्द्र कुमार सिंह, सदस्य सोनु सिंह, सल्लाहकार चन्दन सिंह सहितको सहभागिता रहेको थियो । यसैगरी सम्पुर्ण गाउँवासी लगायत रघुवंशी परिवारका सदस्यहरु जयप्रकास सिंह, अनिल सिंह, गुन्जेश सिंह, धर्मेन्द्र सिंह, राजेश सिंहको पनि उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *