रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १८, बिहिवार

श्री भैयादाई गुलाबदाई लोचनदाई (भै.गु.लो.) जनता माध्यमिक विद्यालय कनरपट्टी, बथनाहाका विद्यार्थीले बिगत दुई दिनदेखि विद्यालयमा गरेको हडताल फिर्ता लिएका छन् । विद्यालयमा भएको तालाबन्दी वडा अध्यक्षको रोहबरमा खोली आजदेखी विद्यालय पुनः सुचारु भएको छ ।

महोत्तरीको मनरा शिसवा नगरपालिका-९ (बथनाहा) २०११ सालमा स्थापित विद्यालय हो । यहाँ करिब ६०० भन्दा बढी विद्यार्थी संख्या अध्ययनरत रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक अशोक झा र वडा अध्यक्ष शशी भुषण झाले विद्यालय सम्बन्धमा मेयर मोहन पाण्डेयलाई जानकारी गराए लगत्तै समस्याको तुरुन्त समाधान भएको प्रधानाध्यापक झाले बताए । विद्यालय समयमा शिक्षकहरुको उपस्तिथि, विद्यार्थीको उपस्थित र पढाईप्रति जिम्मेवार नदेखिएकाले नियमित छ्ड्केको क्रममा मेयरले असोज १५ गते ५ जना शिक्षकसंग ३ दिनभित्र स्पष्टीकरण माग गरेकै दिनदेखि विद्यालयमा विद्यार्थीद्वारा गतिरोध उत्पन्न गराइएको स्थानीयको भनाइ रहेको थियो । यधपी शिक्षकको अभाव भने नितान्त रहेको सबैले स्वीकारेेको विषय हो ।

आजैदेखि विद्यालयमा मुनेश्वर ठाकुर र हिरा कुमार सिंहलाई नगरपालिकाले खटाएको छ । दुबै शिक्षकलाई विद्यालय परिसरमा विद्यार्थी र अन्य शिक्षकले स्वागत गरेको थियो । बहाल भएका शिक्षकले आजैदेखि कक्षाकोठामा गएर आ-आफ्नो घण्टी पनि लिएको प्राधानाध्यापक झाले जानकारी गराए । शिक्षकको बहालीसंगै विद्यालयम उत्पन्न विवाद पनि समाधान भएको स्थानीय अभिभावकले बताए ।

बहालिको पत्र(माथी) र स्पस्टिकरणको पत्र तल

Leave a Reply

Your email address will not be published. Required fields are marked *