रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १७, बुधवार

पढ्ने विद्यार्थी आन्दोलनमा । भविष्यको ढोका खोल्ने सम्भावना बोकेका कर्णधार आफू पढ्ने विद्यालयमा तालाबन्दी गरेका छन् । विडम्बना, पढ्न कै लागि । तर विद्यालयमा गणित, विज्ञान र स्वास्थय विषय पढाउने शिक्षक नै छैन ! न त राम्रो पुर्वाधार छ न सुबिधा ?

मनरा शिसवा नगरपालिका मनरा र बथनाहा विद्यालय कुनैबेला शिक्षामा जिल्लाकै उत्कृष्ट विद्यालयमा गनिन्थ्यो । मनराको श्री दुर्गा मावी अहिले पनि आफ्नो सेवा र नतिजालाई उत्कृष्ट अवस्थामा राखेकै छ भने अन्य विद्यालयको प्रगति खासै संतोषजनक देखिएको छैन् ।

श्री भै.गु.लो. जनता माध्यमिक विद्यालय कनरपट्टी, बथनाहाका विद्यार्थीले बिगत दुई दिनदेखि विद्यालयमा हडताल गर्दै तालाबन्दी गरेका छन् । महोत्तरीको मनरा शिसवा नगरपालिका-९ (बथनाहा) बेहाल अवस्थामा छ ।

विद्यालयका प्रधानाध्यापक अशोक झालाई पटक-पटक शिक्षक अभावको कारण पठन पाठनमा समस्या भएको जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि विद्यार्थीहरुले मंगलबार विद्यालयमा तालाबन्दी गर्न बाध्य भए र आन्दोलन जारी राखेका छन्।

वडा अध्यक्ष शशी भुषण झालाई यस विषयमा जानकारी गराउँदा पनि उनले खासै चासो नलिएको गुनासो विद्यालयको शिक्षक र विद्यार्थीको रहेको छ । वडा अध्यक्ष झाको लारपारवाहीले विद्यालयको अवस्था दयनीय बन्दै गएको आरोप स्थानीयवासीहरुको रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *