मुलुक डेस्क, काठमाडौं । २०८० असोज १६, मंगलवार

नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तले पाएकी छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएपछि पन्तले कामु सीईओको जिम्मेवारी पाएकी हुन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख(डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।

विसं २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चाल समितिले दोस्रो कार्यकालका लागि नियुक्त नगरेपछि उनी बाहिरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *