मुलुक डेस्क, काठमाडौं । २०८० असोज १४, आइतवार

मिथिलाञ्चलमा महिला व्रतालुहरुले मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपालको भातृ संगठन महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ । बत्तिसपुतलीस्थित होटेल तपसमा असोज १३ गते शनिवार डा. पल्लवी सिंहको अध्यक्षतामा र राजपुत समाज नेपालको आयोजनामा उक्त कार्यक्रममा करिब ७० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

जितियाको अवसरमा काठमाडौंमा बसेर विभिन्न पेशामा आवद्ध महिलाहरुलाई एक ठाँउमा भेला गरि आफ्नो धर्म, संस्कृति र चाडपर्व मनाउदै समाजलाई जोडने र सहकार्य गर्ने मुल मर्मका साथ यो कार्यक्रम गरिएको डा. सिंहले बताइन्।

शुभकामना आदानप्रदान कार्यक्रममा समाजका उपाध्यक्ष रेणुका सिंह, कार्यसमिति सदस्य पुष्पा सिंह, रिना सिंह, महिला कार्यसमिति सदस्यहरु सोनम सिंह, सबिता सिंह, सरिता सिंह, मधु सिंह, रुबी सिंह, निलिमा सिंह, रिना सिंह, ममता सिंहको उपस्थिति रहेको थियो । यसैगरी भावना सिंह, प्रीति सिंह, मेनका सिंह, सन्जना सिंह, बेबी सिंह, प्रणिता सिंह, प्रियंका सिंह, किरण सिंह, विजेता सिंह, जुहि सिंह, नितु सिंह, रोजी सिंह, सिमा, स्वेता, रन्जना, रेखा, बिनिता, बबिता, रजनिइ, गुन्जन, मिनु, कविता, मञ्जु, गीतादेवी, अनिला, अनिता, रन्जिता, मधुबाला, मिक्की, मिरा, दीपशिखा, सुनिता, सलोनी, रितु, सोनी, अमिता, बेबी, राधिका, ज्योति लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *