रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १३, शनिवार

काठमाडौंमा हुन लागेको अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा मनरा शिसवाबाट १२ खेलाडी सहभागी भएको छ ।

नगरपालिकाहरुबीच खेलकुदको माध्यमबाट भाईचारा र आपसी सम्बन्ध सुमधुर गराउने उद्देश्यले एथलेटिक्स परिवार नेपालको आयोजनामा तथा नेपाल नगरपालिका संघको समन्वयमा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता सुरु भएको छ ।

मनरा शिसवा नगरपालिकाबाट १२ खेलाडी, १ कोच र १ प्रशिक्षक गरि कुल १४ जनाको टोलि काठमाडौं आएको हो । असोज १३ गते शनिबारदेखि काठमाडौंमा सुरु अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता सुरु भएको हो ।

आजबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा भाग लिन हिजै मनरा शिसवा नगरपालिकाको टोलि काठमाडौं आई पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *