रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार

पूर्वोत्तर हिन्दी अकादमी सिलाङ, मेघालयको नेतृत्वमा “प्रेम र सदभाव”को नारा सहित भारतको झण्डै २० राज्यबाट ८५ जना कवि साहित्यकारहरू एकदिने सांस्कृतिक र ऐतिहासिक पर्यटन प्रबर्द्धनका क्रममा विश्व प्रसिद्ध मन्दिर जलेश्वरनाथ महादेवको दर्शन अवलोकन गरेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको निमन्त्रणामा भारतबाट आएका ८५ जना साहित्यकारले ‘बाबा जलेश्वरनाथ महादेव’को दर्शन गरेका छन् । उनीहरु ‘एकदिने सांस्कृतिक र ऐतिहासिक पर्यटन’को क्रममा महोत्तरी आएका थिए ।

सम्मान र स्वागत सहित साहित्यकारहरुलाई मेयरले ‘बाबा जलेश्वरनाथ महादेव’को तस्बिर अंकित मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *