डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज ०७, आइतवार

भक्तपुर तलेजु भवानी मन्दिर परिसर बाट पुर्वराजाको फोटाे र भिडियोहरु सामाजिक संजाल तथा संचारमाध्यम काे भित्तामा छ्याप-छ्याप्ति देख्न सकिन्छ । कोहि कसैले ह्विप जारी गरेर वा ओसारपसार गरेर वा विभिन्न खोखला आश्वासन र दामको भरमा थुपारिएका कुनै तथाकथित राजनीतिक दलको यो भिड होईन।

न यहाँ कोहि भाषण सुन्न नै आएका छन् , न दुई चोक्टा मासु र एक गिलास लोकल रक्सी / बियर कै लोभमा । न यहाँ कोहि कसैलाई नेता बनाउन नै आएका हुन् ।

सबैखाले छल-छाम, लोभ-लालच, लेनदेन, स्वार्थ भन्दा निकै माथी मातृभूमि प्रतिको चिन्ता र चासो व्यक्त गरिरहेको “जनसगर” हो ! यो आस्था, विश्वास, माया हो !
यो “जनसागर” हो, आफ्नो मुखिया प्रतिको विश्वासको !
यो अन्तिम र निर्णायक धरोहर प्रतिको भक्ति-भाव हो !
यो अभिभावक र पारिवारिक सदस्य बिचको सानिध्यता हो !
यि देशभक्तिको भावले ओतप्रोत नेपाल आमाको दुरदसाले चिन्तित नेपालीजन हुन् !

नेपाल – नेपाली – नेपालीपना मास्न उद्धत भएका दानवीय नरपिशाचहरुका लागि देशभक्त नेपालीहरु ले दिएको सन्देश हो । भ्रष्ट ब्यवस्था, भ्रष्ट ब्यवस्थापन, भ्रष्ट शासक का विरुद्ध शंखनाद हो ! ब्याप्त “विकेन्द्रीकृत लूटतान्त्रिक विसर्जनतन्त्र” का विरुद्ध “जनसैलाब” हो ।

दामवादी, खामवादी, खाउवादी, चटके, मालवादी देशद्रोही झुन्डका लागि चेतावनी हो ! भ्रष्ट लूटेरा बलात्कारी तस्कर मण्डलीका लागि शंखनाद हो । वेदभूमी माथि राक्षसहरु ले गरिरहेको आक्रमणको विरुद्ध “तलेजु भवानी” ले लिएको “रण-चण्डी अवतार” को संकेत हो !

यो पवित्रभूमीलाई अपवित्र गर्न उद्धत असुरहरुको दिन गिन्ती सुरुभएको उद्घोष हो । ऋषि-मुनिको तपोभूमी यस पाशुपत्त क्षेत्रको अस्तित्व नै संकटमा पार्न तल्लिन कुलंगारहरुको “सर्वनाश” को सन्देश हो । “सत्ता र भत्ता” का लागि “बेचिएका आमाको अस्तित्व खोज्दै” एकीकृत भएका आम देशभक्त मुक्ति कामी नेपाली मन र जन हुन यिनि । छद्मभेषी लन्ठुहरुका लागि “स्व-आत्म समीक्षा सहितको भुलसुधार” का लागि अन्तिम अवसरको पनि सन्देश हो ।

(डा. झा राष्ट्र बचाउ अभियान
एवं राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *