रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ०६, शनिवार

बिगत आषढ १ गते देखि जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका-९ घर भएकी आरती साहको मृत्यु प्रकरणकाे एकसय दिन पूरा भएको छ । साहको न्यायको लागि उनको आमाबुबा, भाइ, बहिनी, मामा लगायतका परिवारजन काठमाडौंकाे माईतीघरमा धर्नामा बसेको आज एकसय दिन पूरा भएको छ।

धनुषाका प्रहरी उपरीक्षक बिश्व राज खड्का र नायब उपरीक्षक बेद प्रकाश् गौतम लगायत अन्य प्रहरीको प्रत्यक्ष संलग्नतामा आरती साहको परिवारलाई अत्याधिक शारीरिक तथा मानसिक यातना दिएको यथार्थ सर्बबिदितै छ ।

उक्त घटनामा पीडितलाई न्याय दिनुको सट्टामा झन संरक्षित गरेको छ । घृणित कार्य विरुद्ध परिवारजनले काठमाडौको माइतीघर मण्डलामा अनवरत १ सय दिनदेखि धर्नारत रहेका छन । राज्यलाई उचित न्याय दिलाउनको लागि संघ संस्था सञ्चारकर्मिहरु संबैधानिक आयोगहरु तथा संघीय प्रतिनिधि सभाका महिला तथा सामाजिक समितिको समन्वय तथा निर्देशन दिदा पनि गृह मन्त्रालय त्यस्का अवयवहरु संबेदनहिन्ताकै अवस्थामा रहेका छ्न ।

तसर्थ आरती साह मृत्यु प्रकरण पछि यातनाकर्मीलाई दण्डित गरि पीडित परिवारलाई न्यायको वातावरण दिलाइ अझै न्याय मरेको छैन भनी अनुभुती दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाइ हामी पीडितहरुले हार्दिक अनुरोध गर्दछौ ।

धर्नाको क्रममा निम्न पीडित परिवारहरु उपर कारवाहीको किटानी जाहेरी गरिएको छ । जसमध्ये दीपेन्द्र प्रसाद साह र निर्मला देवी साह, मनिषा साह र प्रेम साह, सन्तोष साह र रन्जना देवी तथा नितु देवीको नाम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *