डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज ०१, सोमवार

हामी वास्तविक रुपमै अग्रगामी युगान्तकारी क्रान्तिकारी छलाङ हान्दै हो त ? एकपटक यता बिचार गरौं त!
यो तथ्यले के उजागर गर्न खोज्दैछ त ?

एउटा तथाकथित अन्तर्राष्ट्रिय संस्थाले सन् २००७ देखि नेपालका मिडिया र पत्रकारमा १३ लाख ९०हजार अमेरिकी डलर, वकिल र न्यायिक क्षेत्रमा कार्यरतलाई ३० लाख अमेरिकी डलर, राजनीतिक दलका नेतालाई ३० लाख अमेरिकी डलर र १४ लाख डलर अभियन्ता, राजनीतिक विश्लेषक र नागरिक समाजलाई वार्षिक रुपमा आर्थिक सहयोग गर्दो रहेछ । यो डाटा त अरुहरुको तुल्नामा एकदमै सानो र सांकेतिक मात्र हो, है । यो डाटा एउटामात्र संस्थाको हो, यस्ता यस्ता धेरै संस्थाहरु वैध र अवैध रुपमा नेपालमा क्रियाशिल छन् ।

सामाजिक न्याय, न्यायीक एवं लैङ्गिक समान्ता, अधिकार, पहिचान, धार्मिक स्वतन्त्रता, प्रजातन्त्र – लोकतन्त्र – गणतन्त्र, संघीयता, कानुनी राज्य, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बाल अधिकार, महिला अधिकार, मानवअधिकार, चर्च निर्माण, मस्जिद निर्माण लगायतका अन्य विविध शिर्षक एवं विषयवस्तु माथी UNMN (UNITED MISSION TO NEPAL) को झन्डै १३ अर्ब, युनिफिकेसन चर्चको झन्डै 45 अर्ब, UNDP, MCC, CARE INTERNATIONAL, लगायतका झन्डै सानो-ठुलो गरि १५०० अन्य विभिन्न आईएनजीओ/एनजीओ र विभिन्न राजदुतावासको लगानी रहेको छ ।

आखिर, अन्तर्राष्ट्रिय शक्ति केन्द्र र विभिन्न अन्तर्राष्ट्रिय संस्थाले नेपालमा यतिको प्रत्यक्ष लाभहिन रकम लगानी किन गरिरहेका होलान् ? कहिल्यै सोंचेका छौं हामी ?

न यो र यस्ता खाले लगानी ले प्रत्यक्ष रुपमा कुनै ब्यबसाय वा उद्योग नै स्थापना भएको छ र न कुनै दीर्घकालीन प्रत्यक्ष रोजगारीको अवसर नै प्रदान गरेको छ वा न कुनै समृद्धिको ढोका नै खोलेको छ ।
अनि फाइदा के त ?, लगानीकर्ताहरु लाई । कसैले पनि त्यत्तिकै त लगानी गर्दैन होला नि, है ? अन्त्यमा अब आफै सोंचौ देश कता जाँदैछ र हाम्रो भविष्य के हुने हो ?

( डा. झा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *