मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २५, सोमवार

मधेशी आयोगले आरती साह मृत्यु प्रकरणको विषयलाइ लिएर आज आयोगको सभाकक्षमा सरोकारवालाहरु संग प्रारम्भिक र गहन छलफल गरेको छ ।

पिडित पक्ष, गृह मन्त्रालयका प्रतिनिधि, प्रहरी प्रधान कार्यालयका प्रतिनिधि, न्यायधिवक्ता, ओरेक, इनसेक, समतामूलक समाज निर्माण महाअभियान लगायत विभिन्न सरोकारवालाहरूको उपस्थितिमा प्रारम्भिक पहल गरेको छ । यो केशमा आयोगको सदस्यद्वय रेणु देवी साह र जिवछ साहले समन्वय र सहकार्य गर्नमा प्रमुख भुमिका खेलेका हुन् ।

नीतिनिर्माणको नाममा र छ्लफल बाहेक खासै उपलब्धि गर्न नसकेको मधेशी आयोगले आरती साह केशमा के कस्तो प्रगति गर्नेछ हेर्न बाकी रहेको सन्तोष साहले बताए । आरती साह न्याय प्रकरणमा निरन्तर लडदै आएका साह आरतीको मामा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *