रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार

आरती साह न्याय प्रकरणको लागि काठमाडौं माइतीघरमा धर्ना ।धर्नामा बसेको ८५ औं दिन पुग्न लाग्दा पनि सरकार आँखामा चस्मा र कानमा तेल हालेर बसेको भन्दै अन्धो र बहिरो सरकारको विरुद्धमा आरती साहको परिवार, आफन्त र सहयोगीले सामुहिक कपाल मुण्डन (नौकेस) गरेको छ । हिन्दु वैदिक सनातन धर्म अनुसार मरेकेको मान्छेको आत्माको शान्ति र शुद्धीकरणको लागि नौकेस र श्राद्ध गर्ने परम्परा रहि आएकोछ ।

आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ । मधेश प्रदेश सरकार नपुंसक रहेको र संघीय सरकारको गृहमन्त्री पनि निकम्मा एवम् लाचार रहेको परिवारको आरोप रहेको छ । मधेशी आयोग पनि नीति नियम तथा निश्चित परिधिको राप अलापनु बाहेक निरीह र नकारा मात्रै रहेको धर्नामा बस्नेहरुको ठहर रहेकोे छ ।

पैसा र पावर तथा आफन्तको पहुँचको भरमा पिडक पक्ष, धनुषाका एसपी एवम् डिएसपी, प्रदेश सरकार, मधेशी आयोग, मिडिया, नेता, सरोकारवाला पक्ष, संघीय सरकार सहित मौन र मस्त रहेको आरती साह केसमा आरतीको भाइ प्रेम साह र मामा सन्तोष कुमार साहको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *