रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार

नेपाल सरकारको मन्त्रिपरिषद् बैठ्कले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झालाई नियुक्ति गरेको छ । झा कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् । उनीसहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । यश सम्बन्धमा मुलुक टाइम्सले केही दिन अगाडि बिस्तृत समाचार प्रकाशित पनि गरेको थियोे ।

उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ । त्यसपछिको ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सिफारिस समितिले साउन २६ गते दरखास्त माग गर्दा ९ जनाको आवेदन परेको थियो । सिफारिसको आधारमा प्रधानमन्त्री तथा आयोग अध्यक्षले एक जनालाई उपाध्यक्षमा नियुक्ति गर्ने प्रावधान रहेकोे छ । उपाध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा २० वर्षको अनुभव भएको वा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवामा क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।

muluktimes #nepalmedicalcouncil #ministryofhealth #iom

Leave a Reply

Your email address will not be published. Required fields are marked *