रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार

मधेश प्रदेशको महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत रन्जित कुमार यादव पुनः आजदेखि मनरा शिसवाको प्रमुख प्रशासकीय अधिकृतको पदमा पदभार ग्रहण गर्ने स्रोतले जनाएको छ ।
करिब ६ वर्षभन्दा बढी समय मनरा शिसवा नगरपालिकामा कार्यरत रहेका यादवले करोडौं रकमको हिसाबकिताब बरबुझारत रहेको अवस्थामा पुनः यादवले कार्यभार सम्भाल्दा मिलान हुन सजिलो हुनुका साथै बेरुजु पनि सामसुम हुने अडकल नगरबासीको रहेको छ ।
पटकपटक नगरपालिकाले पत्र काटेर तागेदा गर्दा पनि हिसाब मिलान गर्न नआएको गुनासो वर्तमान अधिकृत माघवेन्द्र चौधरीको रहेको छ । तथापि नेपाल सरकारको नियमित सरुवा बढुवा प्रक्रिया अन्तर्गत कार्यरत अधिकृत चौधरीको सरुवा खानेपानी मन्त्रालय वा अन्तर्गत भएको हो ।
नगरपालिका रहेको पुरानो घरभाडा विवाद देखि विविध शिर्षकमा गरेको निकासा यावदको पालामा विवादित विषय बनेको थियो ।महालेखा परीक्षकको लेखा प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्म रु १३ करोड ८६ लाख ९५ हजार बेरुजु देखिएको छ ।
मनरा शिसवा नगरपालिकामा रहदा नगरवासीद्वारा निकै विवादित बनेको वर्तमान प्रमुख प्रशासकीय अधिकृत माघवेन्द्र चौधरीको यस विषयप्रति आफ्नै तर्क रहेको छ । प्रक्रिया र नियमका साथ फाईल खडा गरि काम गर्न खोज्दा केहि स्थानीय नेता र कार्यकर्ताको गुनासो रहेको उनको भनाई रहेको छ । यसका वावजुद उनी माथि आफ्नो आफन्त र जाति समुहलाई बोरिङ देखि ठेक्कापट्टा दिएको आरोप पनि लाग्दै आएको छ । पिसिमा प्रतिशत बढी माग्ने गरेको र अधिकांस समय कार्यालयमा उपस्थित नरहेको पनि गुनासो नगरवासीले लगाउदै आएका छन् ।