रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र १२, मंगलवार

मनरा शिसवा नगरपालिकाले नयाँ प्रशासनिक भवनमा आज सम्मान कार्यक्रम गरेको छ । नगरपालिकाका मेयर मोहन पाण्डेय र प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्री चन्दन सिंहले संयुक्त रुपमा अन्डर-१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई रु ५१ हजारको चेक र सम्मान पत्र सहित खादा लगाई सम्मान गरेको छ ।

क्रिकेटर तिवारीले अन्डर-१६ अन्तर्गत चार वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनको सानैदेखि क्रिकेट प्रतिको लगाव रहेको र अब अन्डर-१९ काे तयारीमा जुटेको उनले मुलुक टाइम्ससंगको कुराकानीमा बताए । मनरा शिसवा नगरपालिकाले सम्मान गरेकोमा सार्है गौरवान्वित र हर्शीत भएको बताए साथै यो सम्मानको लागि विशेष गरि मेयर र नगरपालिकाका लाई धन्यवाद दिए । खेलाडी तिवारीको पुर्ख्यौली घर यही नगरपालिकाको वडा नम्बर-८, सहसराममा रहेको छ ।

महोत्तरीको मनरा शिसवा नगरपालिकाले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा सबै वडाका वडा अध्यक्ष लगायत नगरबाशीको उपस्थिति रहेको थियोे । सोही अवसरमा प्रमुख अतिथि श्रम तथा यातायात मन्त्री चन्दन सिंहलाई पनि मेयर पाण्डेयले मायाको चिनो सहित खादा लगाई सम्मान गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *