डा. मनोज कुमार झा, काठमाडौं । २०८० साउन २२, सोमवार

कोहि कसैसँग जवाफ भए पाऊँ है भन्दै राष्ट्रवादी युवा नेता डा. मनोज कुमार झाले सार्वजनिक रुपमा गम्भीर सवाल तेर्साउदै वर्तमान राजनीतिमा गहन बहस र विवाद उठाएका छन् ।

देशको सर्वोच्च एवं कार्यकारी पदमा पुष्पकमल दाहाल “प्रचण्ड”, शेर बहादुर देउवा, खड्ग प्रसाद ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता महान ब्यक्ति/बिराजमान हुन पाउने अनि “ल्हारक्याल लामा” चाहिँ “लुम्बिनी बिकाश कोष” को उपाध्यक्ष हुन किन नपाउने हो ? के कति कारणले उनी अयोग्य ?

हालको संविधानमा भएको ब्यवस्था वा अवस्था एवम् कुनैपनि रुप वा बहानामा जुनसुकै तह र तप्काबाट स्वीकार गर्ने, प्रत्यक्ष एवम् परोक्ष रुपमा सहयोग, समर्थन, जगेर्ना, संरक्षण, संवर्द्धन, उपयोग एवं उपभोग गर्नेहरुको हकमा “ल्हारक्याल लामा” को न्युक्तिको विरोध गर्नुभनेको कुकुर भुकाई होइन र ?

सबैलाई हेक्का भएकै हो, “देश – जनता / नागरिक – मतदाता ढाँट्नु देशद्रोह नै हो, सबैभन्दा ठूलो अक्षम्य अपराध सहितको भ्रष्टाचार हो र भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो । यद्यपि नेताले गरेको काम यही नै होइन र? “

यसैगरी “आफैले गरेको लिखित सहमति-सम्झौता-समझदारी कार्यान्वयन नगर्नु, त्यसबाट पन्छिनु पनि भ्रष्टाचार नै हो र भ्रष्टाचार गर्नु पनि अपराध हो” तसर्थ यिनको सजाय के?

(डा. झा, राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *