रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १७, बुधवार

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको करकमलबाट मटिहानी नगरपालिकाद्वारा मटिहानी वडा नं. ७ मा जडान गरिएको नेपालकै सबैभन्दा आग्लो “राष्ट्रिय झण्डाको समुद्घाटन” कार्यक्रम सु-सम्पन्न भएको छ ।

उपराष्ट्रपति यादवले तस्मैया बाबा पार्कमा निर्मित झण्डाको समुद्घाटन गरेका हुन् । समुद्घाटन अघि उनले लक्ष्मीनारायण मठमा पूजाआजासाथै मठको अवलोकन गरेका थिए । महामहिम यादवले लक्ष्मीसागर पोखरीमा भगवान् लक्ष्मीनारायणको आरती समेत गरेका थिए । सम्माननीय उपराष्ट्रपति यादवले अभिनन्दन कार्यक्रम अगाडि नेपालकै जेठो राजकीय संस्कृत माविको निरीक्षण अवलोकन गर्नुका साथै पिर बाबा मजारको पनि दर्शन अवलोकन गरेका थिए।

हजारौं सर्वसाधारण नगरवासी एवम् विशिष्ट अतिथि उपस्थित रहेको भव्य मञ्चमा उपराष्ट्रपति यादवको नागरिक अभिनन्दन गरिएको थियोे । नगरवासीको तर्फबाट मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई नागरिक अभिनन्दन गरेका थिए। अभिनन्दनको क्रममा मायाको चिनो, खादा/सल, मखान लगायतका भेटी उपहारस्वरुप प्रदान गरिएको थियोे । उक्त अवसरमा मैथिली सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियोे ।

मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, पूर्व प्रदेश प्रमुख रत्नेश लाल कायस्थ, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी, विना विभागीय मन्त्री सरिता साह, श्रम तथा यातायात मन्त्री चन्दन सिंह, पूर्वमन्त्री हरि नारायण यादव, पूर्वराज्यमन्त्री एवं प्रदेश सभा सदस्य अभिराम शर्मा, पूर्व मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य जैनुल राइन, शारदा देवी थापा, जलेश्वरका मेयर सुरेश साह सोनार, एकडाराका मेयर दीप नारायण मण्डल सहित विभिन्न नगरपालिकाका नगर प्रमुखहरु तथा स्थानीयहरु सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *