रोशन कुमार मिश्र, महोत्तरी । २०८० बैशाख ०७, बिहीवार

महोत्तरीमा रोड दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकै परिवारको तीनजनाको ज्यान गएको हो ।

बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सिरहा कल्याणपुर नगरपालिकाका २५ बर्षिय अमृत मण्डल, २३ बर्षिय श्रीमती अंजु मण्डल र उनको भतिजी ५ बर्षिय अंशु मण्डलकाे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *