प्रमोद सहनी, रौतहट । २०७९ चैत्र १२, आइतवार

यसै विद्यालयका विद्यार्थी म प्रमोद कुमार सहनी यस शिक्षालयबाट छुट्टिँदा मन खिन भइरहेको छ । विदाई शब्दमा नै नरमाइलो र भावनामा लिप्त भएको छु।

शिक्षा लिने क्रममा हामीबाट केही गल्ती भएको छ भन्ने त्यो गल्तीहरू अन्जानमा भएको गल्ती सम्झी माफ गरिदिनु हुन सम्पुर्णमा अनुरोध गर्दछन् । जय किसान बहुप्राविधिक शिक्षालय धरहरी, रौतहटमा यस शिक्षालयका कृषि वाली विज्ञानको दोस्रो ब्याचको बिदाईको क्रममा विद्यार्थी प्रमोद सहनीको यो मनोभावना हो ।

शिक्षालयमा ३ वर्ष सम्म अध्ययन गरी रहदा पढाई मात्र होइन पढाई लगायत अन्य थुप्रै कुराहरु पनि सिक्ने अवसर प्राप्त गरे। मलाई लाग्छ यस्तो अवसरहरू विश्वविद्यालयमा पनि प्राप्त गर्न सकिँदैन र यस्तो अवसर प्राप्त गर्नु भनेको हामी विद्यार्थीहरुको ठूलो भाग्य हो।

हामीलाई देखाउने भएको असल बाटोहरू सकेसम्म कहिले विराउने छैनौं । यो विदाई समारोह निरन्तर चलिआएको प्रक्रिया हुनाले हामी यस शिक्षालयबाट औपचारिक रूपमा टिका र खाधा लगाएर जाँदै छौं । कृपया यसलाई विदाई नसम्झी आफूले आफ्नो समय आएपछि स्थान छोडेर उच्च शिक्षा हासिल गर्नको लागि मात्रै बुझिदिनु होला ।

यस शिक्षालयबाट विदाई भएर गइसकेपछि पनि हाम्रो माया ,मानव, स्नेह यस शिक्षालय प्रति सदैव रहने छ। जुन ठाउँमा भए पनि हामी सधैं गुरुहरुलाई सम्झिने छु भनेर विदाईको क्रममा विद्यार्थी प्रमोद सहनी ले बताए ।

कृषि वाली विज्ञान विभागिय प्रमुख सुशिल नारायण शाह, अभिषेक मिश्रा, रामानन्द यादव तथा यस शिक्षालय परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालिका कृषि बाली विज्ञान संकायका अध्यनरत बिधार्थी लक्ष्मी रहेकी थिइन्। विदाई कार्यक्रम समारोह आयोज कृषि बाली बिज्ञान पहिलो वर्ष दोस्रो वर्ष र तेश्रो वर्षका विद्यार्थीहरुले आयोजना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *