संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २२, सोमवार

रङ्गको उत्सव होली(फागु) को अवसरमा राजपुत समाज नेपालले काठमाडौंमा होली मिलन समारोह सम्पन्न गरेको छ ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।

विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको आगमनमा दुःख पीडा सबै बिर्सिएर, रिसराग सबै भुलेर एक-आपसमा खुसियाली बाँड्दै विभिन्न किसिमको रङ्ग एक-आपसमा दलिने परम्परा भएकोले यसलाई मित्रताको पर्व पनि भनिन्छ ।

विशेषगरी मिथिलाञ्चलमा मनाइने विशेष किसिमको होली पर्व राजपूत समाज नेपालद्वारा काठमाडौंमा धुमधामका साथ शुभकामना आदान प्रदान गरि मनाइएको छ । चावहिल स्थित समाजको कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा उल्लेख्यरुपमा महिला, बच्चा, अग्रज सहित करिब १५० जनाको सहभागिता रहेको थियो ।

काठमाडौंमा बसेर विभिन्न पेशामा आवद्ध सम्पुर्ण व्यक्तित्वलाई फागुको अवसर पारेर एक ठाँउमा भेला गरि समाजलाई जोडने र सहकार्य गर्ने मुल मर्मका साथ यो कार्यक्रम गरिएको समाजका अध्यक्ष बिजय कुमार सिंहले बताए ।

फागु विशेष समारोहमा राष्ट्रिय सभा सदस्य माननीय शेखर कुमार सिंह, प्रथम संविधानसभा सदस्य बबन सिंह, लोसपा नेता एवम् समाजका सल्लाहकार राम किशोर सिंह, सर्वोच्च अदालतका वकिल एवम् समाजका सल्लाहकार विजय कुमार सिंह, ब्यवसायी एवम् समाजका सल्लाहकार अमर किशोर सिंह लगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रममा समाजका उपाध्यक्ष उमेश कुमार सिंह, महासचिव संजीव सिंह, सचिव ध्रुव कुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह र केन्द्रिय सदस्य अभिमन्युकुमार सिंह सदस्यहरु धनन्जयकुमार सिंह, अमित सिंह, जय कुमार सिंह, राम सिंह, नरेन्द्र सिंह, रन्जित सिंह, शंकर सिंह, सुनिल सिंह, संजीव कुमार सिंह(सन्जित), सत्यवान सिंह, सुशील सिंह, अजय कुमार सिंह, नितेश कुमार सिंह, मोनसन सिंह, रोशन सिंह(गुड्डु), रिना सिंह, अनिता सिंह, अनिला सिंह, निलिमा सिंह, रानी सिंह, स्मृति सिंह, इशा सिंह,को सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *